Logo

यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ



झापा, ९ भाद्र । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताल–सैनिकमोड क्षेत्रका होटलमा यौन व्यवसाय सञ्चालन भइरहेको गुनासो बढेपछि प्रहरीले छापा मारेको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले गएराति उक्त क्षेत्रका विभिन्न होटलमा सर्च अपरेसन सञ्चालन गरेको हो। प्रहरीले होटल सेभेन इनमा छापा मार्दा सञ्चालकसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा होटल सञ्चालक गंगा गुरुङसहित होटलमा रहेका दुई युवती रहेको प्रहरी स्रोतले जनाएको छ।

अनैतिक गतिविधि भइरहेको गुनासो आएका होटल तथा लजमा खोजी अभियान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले जानकारी दिएका छन्। प्रहरीले अन्य होटलमा समेत निगरानी र अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्