Logo

लिग–२ क्रिकेट : स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा



काठमाडौं, ६ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलामा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो ।

अमेरिकाका स्मित पटेल र शायन जहान्गिरले समान ३७ रन बनाए । स्कटल्यान्डका ज्याक जार्भिस, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ४३ ओभर ३ बलमा १६९ बनाउँदा अलआउट भयो । स्कटल्यान्डका मार्क वाटले ६६ रन बनाए । अमेरिकाका रुशिल उगारकरले ४ विकेट लिए ।

यो जीतसँगै अमेरिका २७ खेलमा ३८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्कटल्यान्ड ३२ खेलमा ३८ अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

कीर्तिपुरमा चलिरहेको लिग–टु शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् । शृङ्खलाको अन्तिम खेलमा पर्सि नेपाल र अमेरिकाबीच खेल हुनेछ । लिग–२ तालिकामा नेपाल २७ खेलमा २२ अङ्कसहित पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्