Logo

विश्वकप क्रिकेट लिग-२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं, १८ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

गत शनिबार नेपालले युएईलाई ३७ रनले पराजित गरेको थियो ।

दोस्रो खेलमा बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएलएस मेथडमा १ सय २ रनले पराजित भएको थियो । युएईले भने ओमानलाई २५ रनले पराजित गरेको थियो ।

आठ राष्ट्र सहभागी लिग २ मा नेपाल २२ खेलमा १४ अंकसहित सातौं स्थानमा छ । यूएईको २२ खेलबाट १२ अंकमात्र छ ।

अमेरिका २४ खेलमा ३६, स्कटल्यान्ड २८ खेलमा ३४, ओमान २५ खेलमा २९, नेदरल्यान्ड्स २४ खेलमा २८, नामिबिया २८ खेलमा २२ र क्यानडा २४ खेलमा २१ अंक जोड्दै शीर्ष ६ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्