काठमाडौं, १६ वैशाख । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यो खेलमा मौसमले चुनौती थप्न सक्ने अनुमान गरिएको छ।
नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गर्दै राम्रो सुरुवात गरेको थियो। अर्कोतर्फ, ओमान भने यूएईसँग २५ रनले पराजित भएपछि आजको खेल जित्दै पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
अंकतालिकातर्फ हेर्दा, नेपाल २१ खेलमा ६ जितसहित सातौँ स्थानमा छ भने ओमान २५ खेलमा १३ जितसहित २९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। यस्तो अवस्थामा आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ।





