Logo

विश्वकप लिग– २ : नेपाल र ओमान भिड्दै



काठमाडौं, २७ असोज । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा आज नेपालले ओमानविरुद्ध खेल्दैछ ।

ओमानको अल अमेरात स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः ४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले सिरिजको पहिलो खेलमा जित हासिल गरेर सिरिजमा राम्रो सुरुवात गरेको छ ।

सिरिजको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो भने नेपालले पनि क्यानडालाई पराजित गरेको थियो ।

नेपाल र ओमानबीच अहिलेसम्म ११ पटक एकदिवसीय खेलमा प्रतिस्पर्धा भएको छ । हेड टु हेडमा ओमानले नेपाललाई ६ खेलमा हराएको छ । नेपालले पाँच खेलमा जित निकालेको छ ।

पछिल्लोपटक एसिसी प्रिमियर कपमा नेपालले ओमानलाई ८७ रनले हराएको थियो ।

लिग–२ को अंक तालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौं स्थानमा छ । क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौं स्थानमा झरेको छ । ओमानले २९ खेलबाट ३३ अंक जोडेको छ ।

नेपालले अर्को खेल अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्