Logo

शनिबार शनिदेवलाई प्रसन्न पार्न यी काम गर्नुहोस्, मानिन्छ शुभ



काठमाडौं, ३० साउन । शनिबारलाई शनिदेवको पूजा–आराधनाका लागि विशेष दिन मानिन्छ। धार्मिक मान्यताअनुसार शनिदेवलाई कर्मअनुसार फल दिने देवताका रूपमा लिइन्छ। त्यसैले शनिबार श्रद्धापूर्वक पूजा, दान तथा सेवा गर्दा जीवनमा सकारात्मक ऊर्जा र शान्ति प्राप्त हुने विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार शनिदेव सूर्यदेवका पुत्र तथा यमराजका भाइ हुन्। शनिदेवलाई प्रसन्न पार्न शनिबार तेल दान गर्ने परम्परा छ।

यस्तै, शनिबार पीपलको पूजा गरी पानी चढाउने, कालो तिल दान गर्ने तथा छालाका जुत्ता–चप्पल दान गर्ने चलन पनि रहेको छ।

शनिबार शमीको रूखको पूजा गर्नुका साथै हनुमान मन्दिरमा सर्स्युको तेलको दीप प्रज्वलन गरी हनुमान चालीसा पाठ गर्नाले शुभ फल प्राप्त हुने धार्मिक विश्वास छ।

यस्ता उपायहरू धार्मिक तथा ज्योतिषीय मान्यतामा आधारित छन्।

प्रतिक्रिया दिनुहोस्