Logo

सोमबार भगवान शिवको विशेष पूजा



काठमाडौं, ११ जेठ । आज २०८३ साल जेठ ११ गते सोमबार, जेठ शुक्ल पक्षको दशमी तिथि परेको छ। तदनुसार आज सन् २०२६ मे २५ तारिख हो।

हिन्दू धर्मशास्त्रअनुसार सोमबार भगवान शिवको विशेष पूजा–आराधना गर्ने दिन मानिन्छ। यस दिन भक्तजनले व्रत बसेर महादेव शिवको पूजा गर्ने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार सोमबारको व्रत सूर्य उदयसँगै सुरु भई सूर्यास्तपछि सम्पन्न हुन्छ। दिनभर भगवान शिव र पार्वती को पूजा गरिन्छ भने कुनै पनि पूजाअघि गणेश को आराधना अनिवार्य मानिन्छ।

सोमबार व्रत बस्दा मनोकामना पूरा हुने, ज्ञान प्राप्त हुने तथा वैवाहिक जीवन सुखमय बन्ने विश्वास रहिआएको छ। विशेषगरी अविवाहित महिलाले असल पति प्राप्तिको कामनासहित सोमबार व्रत बस्ने परम्परा अझै कायम छ।

प्रतिक्रिया दिनुहोस्