काठमाडौं, ६ जेठ । आर्सनल ले २२ वर्षपछि इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।
गए राति बर्नमाउथ र म्यानचेस्टर सिटी बीचको खेल १–१ को बराबरीमा सकिएसँगै आर्सनल च्याम्पियन बनेको हो । उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो ।
खेलको ३९औँ मिनेटमा एली जुनियर क्रुपी ले बर्नमाउथलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा एर्लिङ हालान्ड ले बराबरी गोल फर्काए पनि सिटीलाई उपाधि जोगाउन पर्याप्त भएन ।
यसअघि आर्सनलले बर्नली लाई १–० ले हराएको थियो । अन्तिम खेलअघि नै उपाधि सुनिश्चित गर्दै आर्सनलले २२ वर्ष लामो प्रतीक्षा समाप्त गरेको हो ।







