Logo

जनयुद्धको इतिहास छाडेर माओवादी कार्यकर्ता पार्टी एकताका लागि तयार होलान् ?



नेपालको राजनीतिक परिवर्तमा माओवादीले सञ्चालन गरेको जनयुद्धको विशेष महत्व रहेको छ । नेपालको राजनतिक परिवर्तनमा अरु सबै जसो आन्दोलन सम्मझौतामा नै सकिएका थिए । जनयुद्ध पनि एउटा सम्झौतामा नै पुगेर सकिएको हो । तर नेपाली जनतालाई अधिकार सम्पन्न गराउने काममा जनयुद्ध एउटा विशाल र दीर्घकालीन महत्वको परिघटना नै थियो । जनयुद्धले सुतेका बस्ती उठेका थिए । अधिकार विहिन मान्छेहरु अधिकार खोज्न उठेका थिए ।
राजनीतिक, आर्थिक र सामाजिक रुपमा समेत जनयुद्धको विशेष महत्व रहेको थियो र आज पनि छ । नेपालको राजनीतिक परिवर्तनलाई चीरस्थायी बनाउन र जनताको अधिकारलाई संस्थागत गर्नका लागि जनयुद्धले विशेष भूमिका खेलेको थियो । जनयुद्धको भूमिकालाई कोही कसैले पनि नर अन्दाज गर्न सक्दैन र जसले गर्ने प्रयास गर्दछ , त्यसले नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट बुझ्न सकेको छैन र रहेनछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को बीचमा एकता प्रक्रिया अगाडि बढेको छ । आगामी वैशाख १० गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको अवसर पारेर दुई पार्टीबीचको एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी गरिएको छ । नेपालको राजनीतिक इतिहासमा दुई ठूला कम्युनिस्ट पार्टी मिल्न लागेको यो पहिलो परिघटना हो ।
तर एकता प्रक्रियालाई अगाडि बढाएका नेता तथा पार्टी एकता संयोजन समितिले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा भने माओवाद र जनयुद्धको विषयमा कुनै पनि विषय समावेश गरिएको छैन । नेपालको कम्युनिस्ट आन्दोलनमा २०२८ सालको झापा बिद्रोहको जे जति महत्व छ , त्यो भन्दा ठूलो महत्व र प्रभावकारीताका हिसाबले पनि जनयुद्धको नै रहेको छ ।
जनयुद्धले नेपाली समाजमा पारेको प्रभाव तथा त्यसको सकारात्मक पक्षलाई नजर अन्दाज गरेर गरिने एकताको मर्म र भाव के होला भन्नेमा माओवादीका नेता तथा कार्यकर्ताले प्रश्न गरिरहेका छन् । एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पनि विगतको आन्दोलन र इतिहासलाई सम्मान गरिनुपर्ने माओवादीका नेता तथा कार्यकर्ताको अपेक्षा रहेका छ । उनीहरुको त्यसमा सकारात्मक आग्रह पनि रहेको छ । तर एकताको नाममा इतिहासलाई भूल्ने तथा मानमर्दन गर्ने कार्य कोही कसैबाट पनि हुन सक्दैन । कम्युनिस्ट आन्दोलनमा बल प्रयोगको सिद्धान्तको विशेष महत्व रहन्छ ।
माओवादी जनयुद्ध पनि त्यही बल प्रयोगको सिद्धान्तको एउटा महत्वपूर्ण कडी हो । नेपाली राजनीतिक आन्दोलनमा माओवादीले सञ्चालन गरेको जनयुद्धको विशेष गरिमा रहेको छ । नेपाली समाज रुपान्तरणमा जनयुद्धले खेलेको भूमिकालाई कोही कसैले पनि नजर अन्दाज गर्न सक्दैन । तर एकताको नाममा राजनीतिक आर्दश, मूल्य तथा मान्यतालाई कोही कसैले पनि बाहेक गर्ने तथा त्यसलाई एक्ल्याउने कार्य कोहह्ी कसैबाट पनि हुनु हुँदैन र हुन पनि सक्दैन । तर एकता भन्दैमा आफ्नो आदर्श नै त्याग्ने त्यसबा बाहेक हुने तथा सिद्धान्तबाटै नै च्यूत हुने कुरा स्वीकार्य हुन नसक्ने माओवादीका नेता तथा कार्यकर्ताको भनाइ छ । एकताका लागि राजनीतिक अस्तित्वलाई कायम राखेर अगाडि जानुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्