Logo

महरा प्रकरणमा अनुसन्धान गर्नु पर्ने पाँच विषय



निवर्तमान सभामुख कृष्णबहादुर महराको बलात्कार प्रकरणका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा थरीथरीका प्रतिकृया आएका छन् । यस मध्ये मिडिा विश्लेषक भानुभक्त आचार्यका महराको अनुसन्धानका विषयमा फेसबुकमा पोष्ट गरिएको सामग्री जस्ताको तस्तैः

ढिलै भए पनि व्यापक दबाबपछि महरा प्रकरण कानुनी प्रक्रियामा अघि बढ्यो । एउटा कानुनी राज्यमा हुनु पर्ने यही हो । बलात्कार प्रकरणमा महराको संलग्नताबारे अनुसन्धान हुँदै गर्दा निम्न पाँच विषयमा पनि गम्भीर अनुसन्धान होस्ः

पहिलोः “सभामुखज्यू हिजो असोज १२ गते सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवास फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहिँ कतै पनि नगएको म यसै विज्ञप्ति मार्फत् प्रष्ट पार्न चाहन्छु रु साथै, समाचारमा आएको जस्तो चस्मा र जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चस्मा आफैंसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको यहाँ उल्लेख गर्न चाहन्छु ।”

यसरी अपराधलाई पूरै ढाकछोप पार्ने गरी सभामुखका प्रेस सल्लाहकारले असोज १३ गते विज्ञप्ति जारी गरेका थिए । अहिले यो कुरा सफेद झूट सावित भएको छ । अर्को शब्दमा नेपाली जनतालाई जनताकै करखाएका व्यक्तिहरुबाट दिनडहाडै ढाँट्ने काम भएको छ । यो राज्य विरुद्धको अपराध हो । यसको पनि गम्भीर अनुसन्धान हुनुपर्छ । यस किसिमको अनुसन्धानले आगामी दिनमा हुनसक्ने यस्तै प्रकृतिका अपराधलाई निरुत्साहन गर्दछ ।

दोस्रो, हिजो महरालाई बलात्कारको आरोप लाग्नुको कारण भारत र चीनको गम्भीर षडयन्त्र भएकाले हो भनी मिडियाबाजी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुमाथि पनि अनुसन्धान हुनुपर्छ । यसले देशभित्र भएका व्यक्तिगत वा सामूहिक अपराधहरुमा मित्रराष्ट्रहरुको सम्बन्धमा समेत खलल पार्ने किसिमले सर्वसाधारण जनमानसमा भ्रम फैलाउनेहरुको खेतीपाती बन्द हुन्छ । यो पनि राज्य विरुद्धको अपराध हो ।

तेस्रो, रोशनी शाहीको फेसबुक नियन्त्रण गरेर गालीगलौजपूर्ण भाषा प्रयोग गरी महरा निर्दोष हुन् भनी दलिल गर्ने, सम्बन्धित पत्रकारहरु रअका एजेन्ट हुन भनी आरोप लगाउने र नेकपाकै अन्य नेताहरुको मानमर्दन गर्ने गरी सार्वजनिक भएका पोष्टहरु माथि अनुसन्धान हुनुपर्छ । नेपालको संविधान २०७२ को धारा २७ मा गोपनीयताको अधिकारको व्यवस्था छ । कसैको फेसबुक नियन्त्रणमा लिई आफ्नो मनलाग्दी प्रयोग गर्नु त्यो मौलिक अधिकारको विरुद्ध हो । त्यसमाथि छानबिन र कारबाही हुनुपर्छ ।

चौथो, महराले बलात्कार गरेको आरोप सार्वजनिक भएपछि रोशनी शाहीलाई ट्याक्सीमा अपहरण गरी तिनकुनेबाट नयाँ वसपार्क÷सामाखुशी तर्फ लैजाने को हुन् । उनले रोशनीलाई कस्तो दबाब दिए रु रोशनीले किन बयान फेरिन् रु उनलाई के–कस्तो शारीरिक र मानसिक यातना दिइयो रु पीडितलाई आफूविरुद्ध आफैं बयान दिन बाध्य पार्नु गम्भीर अपराध हो । यसबारे पनि गम्भीर अनुसन्धान हुनुपर्छ ।

पाँचौं, महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार अजयबाबु सिवाकोटीलाई ज्यान मार्ने धम्की दिनेहरु को को हुन् रु यसबारेमा सिवाकोटीले केही सांसदसहित मानिसहरुको संलग्नता भएको आशंका सार्वजनिक गरेका छन् । कुन कुन फोन नम्बर प्रयोग गरी, कुन कुन माध्यमबाट, कसकसले उनलाई ज्यान मार्ने धम्की दिए रु सिवाकोटी रअको एजेन्ट हुन् भनी अनर्गल आरोप लगाउनेहरु को को हुन् रु यसबारे प्रहरीले गम्भीर अनुसन्धान गर्न सकेन भने आगामी दिनमा भ्रष्टाचारी, अपराधी मानसिकता भएकाहरुले लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ मानिएको प्रेस स्वतन्त्रतालाई सिध्याउँछन् । यसमाथि गम्भीर अनुसन्धान होस् ।

प्रतिक्रिया दिनुहोस्