Logo

युक्रेनको किएभमा शक्तिशाली विस्फोट



काठमाडौँ, १ चैत । युक्रेनको राजधानी किएभमा आज बिहान शक्तिशाली विस्फोट भएको छ ।

किएभको केन्द्र भागमा बिहान कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको खबरमा उल्लेख छ । विस्फोटका कारण एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचार संस्था युक्रेन फोर्मले जनाएको छ।

विस्फोटपछि धुवाँको मुस्लो उडेको देखिएको छ । थप विवरण आउन सकेको छैन । वार्ताकैबीच पनि रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । तर युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना त्यति धेरै अघि बढ्न नसकेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्