Logo

‘एउटै विषयवस्तुलाई समान तरिकाले प्रस्तुत गर्नुपर्छ’



काठमाडौँ, २ चैत । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिडियाले एउटै विषयवस्तुलाई फरक फरक रुपमा बुझ्ने गरी पस्कन नहुने बताएका छन् ।

प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उनले जुनसुकै व्यक्ति र पार्टी सरकारमा हुँदा पनि समान रुपमा हेर्नुपर्नेमा त्यो हुन नसकिरहेको औँल्याए । मिडियाले एमालेले सरकारको नेतृत्व गर्दा उठाएका विषयलाई अहिले बेवास्ता गरेको अध्यक्ष ओलीको भनाइ थियो । उनले भने, “मिडियाले सत्य स्थापित गर्न लाग्न आवश्यक छ ।”

न्यायालय निष्पक्ष बन्न नसकेको विभिन्न घटना क्रमले पुष्टि गरेको अध्यक्ष ओलीको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्