Logo

राप्रपाले स्थानीय निर्वाचन लक्षित ‘घरदैलो अभियान’ चलाउने



काठमाडौँ, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार बसेको पदाधिकारीको बैठकले स्थानीय चुनाव लक्षित ‘जनजागरण, आफ्नो टोलमा पुगौँ, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरको हो ।

बैठकले चैत २८ गते देशका सबै जिल्लाका सदरमुकाममा एकैदिन ‘जनताको माझमा राप्रपा, घरदैलो अभियान’को शुभारम्भ गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय बैठकले गरेको छ । पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई विभिन्न जिल्लाको केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्