Logo

विष्णु रिमाल भन्छन्, ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ?’



काठमाडौँ, ४ चैत । नेकपा एमालेका महासचिव विष्णु रिमालले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ? भन्दै प्रश्न गरेका छन् ।

महासचिव रिमालले सामाजिक संजाल फेसबुक मार्फत एक स्ट्याटस लेख्दै स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ल्याएको आचारसंहितालाई लिएर प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ? भन्दै प्रश्न गरेका हुन् । उनले निश्चित राजनीतिक दललाई लक्षित गरेर आचारसंहिता तयार पारिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले स्थानीय तहका ‘प्रधानमन्त्रीू पालिका अध्यक्ष वा मेयरहरूले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ? निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस्, सोच्नु पर्ला । तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठीक हुन्छ ?’ भन्दै प्रश्न सोधेका छन् ।

प्रतिक्रिया दिनुहोस्