Logo

रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्छ: बाइडेन



काठमाडौँ, ८ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गरेका छन् ।

बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी स्वरुप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका झुटा खबर फैलाउन थालेको बताएको बीबीसीले जनाएको छ ।

बितेको २६ दिनकोे लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोधले पुटिनले धक्का पाएको र अब चर्को कारबाहीतर्फ अघि बढेका बाइडेनको दाबी छ । उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए । त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले सबै किसिमको प्रयत्न गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्