Logo

‘ओलीले मधेशी जनताको पहिचान र अधिकार दिलाउन चाहेनन्’



सिरहा, २४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी र आदिवासी जनजातिको अधिकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारणले स्थापना हुन नसकेको आरोप लगाएका छन् ।

सिरहाको मिर्चैयामा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘म प्रष्टसँग भन्न चाहन्छु एमाले र केपी ओली भन्ने नेताका कारणले नै मधेसी जनताको पहिचान र अधिकारको संशोधन प्रस्ताव पारित हुन सकेन ।’ जनआन्दोलनका वेलामा मधेसी जनताको अधिकार र पहिचानको लागि आफैँले कुरा उठाएको दाबी उनले गरेका थिए ।

दुई चोटी मधेसी र आदिवासी जनजातिको अधिकारलाई संविधान संशोधन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारणले अगाडि बढ्न नसकेको आरोप उनको थियो ।

प्रतिक्रिया दिनुहोस्