Logo

राप्रपाको घोषणापत्र: निःशुल्क स्वास्थ्य बिमादेखि गाईभैंसीलाई सुत्केरी भत्तासम्म



काठमाडौँ, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक चुनावी घोषणापत्रमा सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बिमा गरिने उल्लेख छ ।

यस्तै, प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता पनि गरिएको छ ।

त्यस्तै राप्रपाले १२ कक्षासम्म निःशुल्क, सार्वजनिक स्थलमा फ्री वाइफाइ, ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय घोषणापत्रमा राखेको छ ।

त्यसैगरी घोषणापत्रमा हरेक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप, गाईभैंसीलाई सुत्केरी भत्तालगायतका विषय पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्