Logo

आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि लाग्दैन: ओली



काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि नलाग्ने बताएका छन् ।

पार्टी कार्यालय, च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘हामीले चाह्यौं भने यो एक हप्तामा त ढल्छ, ढल्छ ।’

कसरी भन्ने प्रश्नमा उनेल भने, ‘केही भन्नै परेन नि! विरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ । त्यसको कुनै सवाल जवाफ छ?’

माओवादीलाई कांग्रेसले भन्दा राम्रो प्रस्ताव गर्नुहुन्छ? भन्ने प्रतिप्रश्नमा उनले भने, ‘विरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ ।’

प्रतिक्रिया दिनुहोस्