Logo

शेयर बजार १६ अङ्कले बढ्यो



काठमाडौँ, १० जेष्ठ । सोमवार ३४ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ३२ अङ्कले बढेर दुई हजार दुई सय १७ दशमलव १९ विन्दुमा पुगेको छ ।

आज व्यापार र म्युचुल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । दुई सय २४ कम्पनीको ३१ लाख कित्ता शेयर एक अर्ब आठ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज लक्ष्मी लघुवित्तको शेयर झन्डै ६ प्रतिशत र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले बढेको छ । कर्पोरेट विकास बैंकको शेयर भने १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्