Logo

दार्चुलामा बस दुर्घटना: १४ जना घाइते, दुई जनाको अवस्था गम्भीर



दार्चुला, ५ माघ । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस महाकाली नगरपालिका-५ किम्तडी स्थित फोहोर सङ्कलन केन्द्र नजिकै दुर्घटना भएको छ ।

दार्चुला सदरमुकाम खलङ्गाबाट आज बिहान महेन्द्रनगरको लागि छुटेको महाकाली यातायातको सुपप्र ००१ ख १०३१ नम्बरको बस बिहान ६ बजेतिर दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चालकसहित बसमा सवार १४ जना यात्रुहरू घाइते भएको र घाइते सबैलाई उपचारको लागी जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन् । चालक समेत उपचारमा रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्