Logo

सभापति देउवाले भने: गठबन्धन जोगाउन कांग्रेस प्रतिबद्ध छ



स्याङ्जा, १० माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई जोगाएर लामो समय लैजान आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

गठबन्धन अहिलेको आवश्यक्ता भएको भन्दै सभापति देउवाले यसलाई लामो समयसम्म लैजान कांग्रेस प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् । काँग्रेस स्याङ्जाको जिल्ला सम्मेलनको सदरमुकाममा बुधबार उदघाटन गर्दै सभापति देउवाले अहिले कुनै पार्टीको पनि बहुमत आउने अवस्था नरहेको बताए ।

उनले भने, “हामीले समानुपातिक निर्वाचन व्यवस्था अङ्गालेका छौं, यो अवस्थामा एक दलको बहुमत आउन धेरै कठिन हुन्छ, त्यसैले गठनबन्धन अनिवार्य रहेको छ ।” पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले युवापुस्तालाई स्वदेशमा नै रोक्न जरुरी रहेको बताका छन् ।

स्वरोजगार लगायतका कार्य गरेर उनीहरुलाई यही रोक्नु पर्छ, उनले भने । नयाँ व्यवस्था आएसँगै देशमा विकासले गति लिएको भन्दै सभापति देउवाले यही शासन व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

पछिल्लो समय महिला, जनजाती तथा पछाडि परेको समुदायलाई विशेष स्थान दिइएको भन्दै उनीहरुलाई अगाडि बढाउन समानुपातिक र समावेशी सिद्धान्त ल्याइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्