Logo

संविधान बचाउने कर्तव्य राजनीतिक दलको होः नेता कोइराला



चितवन, १७ माघ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दलको भएको बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताएका हुन् । उनले भने, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।”

उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताएका छन् ।

कोइरालाले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्