Logo

माधव नेपाललाई अब प्रधानमन्त्री बनाउनुपर्छ: डा.काेइराला



काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन नसकेको आरोप लगाउँदै अब एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

नवलपरासीको कावासोतीमा भएको कार्यक्रममा नेता कोइरालाले प्रचण्ड सरकार असफल भएकाले अब पूर्व सहमति अनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन् । प्रधानमन्त्री आफ्ना कामबाट आफै सन्तुष्ट नभएको कोइरालाको भनाइ छ ।

माधव नेपालपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्दै शशांक कोइरालाले गठबन्धनका सबै दलहरूले पूर्व सहमति पालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्