Logo

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा दुई नेताबिच भएको भेटवार्ता शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयकका बारेमा कुराकानी भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओलीले टीआरसीलाई मिलाएर चाँडै टुङ्गोमा पुर्‍याउनेबारे छलफल भएको बताए । ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा कुराकानी भयो । खासगरी अहिले यसबारेको विधेयकमा समितिमा छलफल भइरहेको छ । त्यसलाई अलि राम्ररी मिलाएर छिटै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भयो’, प्रचण्डसँगको छलफलपछि अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीका अनुसार एमालेले एमालेले लिएको अडान कायमै रहेको छ । ‘हाम्रो अडान यथावत् नै छ’, अध्यक्ष ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्‍यो रु राम्रो बनाएर सहमतिले पास गरे भैगो नि १’ सरकारले संसद्को हिउँदे अधिवेशनमार्फत कानुन बनाएर शान्ति प्रक्रियालाई पूर्णता दिने तयारी गरेको छ । तर एमालेले भने पीडित मैत्री कानुन बनाउनुपर्ने भन्दै विधेयकका केही बुँदामा असहमति राख्दै आएको छ । सरकार सकभर उक्त विधेयक सहमतिमै अघि बढाउने र नभए प्रक्रियाबाट टुङ्ग्याउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्