Logo

सरकारका कामकारबाहीले गर्दा देश लथालिङ्ग भयो: उपाध्यक्ष पौडेल



रूपन्देही, २० माघ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

शनिवार रूपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता-२०८० को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरेका थिए ।

उनले राजनीति सङलो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने दाबी गरे । उनले सरकार र सरकारका कामकारबाहीले गर्दा देश लथालिंग र भताभुंग भएको बताए ।

उनले भने, ‘देश धेरै अप्ठ्यारो अवस्थामा छ । जबसम्म राजनीति सङलो हुँदैन तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन । अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीले गर्दा देश लथालिंग र भताभुंग छ । यसलाई लयमा फर्काउनुपर्ने चुनौती र परिस्थिति छ ।’

उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनुपर्ने चुनौतीपूर्ण परिस्थिति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्