Logo

माधव नेपालले अर्को चुनाव जित्दैनन्: अध्यक्ष ओली



रौतहट, २५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अर्कोपटक चुनाव नजित्ने बताएका छन् ।

बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाललाई अब जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्कोपटक चुनाव नजित्ने बताएका हुन् ।

नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियावादीहरूको मतियार भएर अरुको सरकार बनाउँदै पछि-पछि हिँडेको समेत बताए ।

अध्यक्ष ओलीले नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवस नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गरे । नेपालले आफूसँग बोलचाल छैन भन्दै हिँडेको उल्लेख गर्दै ओलीले त्यसले आफूलाई कुनै फरक नपर्ने बरु रौतहटकै जनतासँग बोल्न बन्द गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्