Logo

सन्दीपलाई भिसा दिन अमेरिकाद्वारा अस्वीकार



काठमाण्डौ, ९ जेठ । काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।

प्रतिक्रिया दिनुहोस्