Logo

मोदीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउने एनडीएको निर्णय



काठमाडौं, २४ जेठ । भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले भारतीय जना पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ । बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको छ । भारतीय जनता पार्टीको प्रस्तावमा फेरि एकपटक नरेन्द्र मोदीलाई एनडीएको नेता चयन गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भाजपाले चुनावमा दुई सय ४० सीट जितेको छ र आफ्ना सहयोगी दलसँग मिलेर बहुमतको अङ्क कटाएको छ ।

भाजपा नेता मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।मोदीले शनिवार प्रधानमन्त्रीको शपथ लिने गरी सरकार गठनको गृहकार्य शुरु भएको छ । मोदीले हिजो प्रधानमन्त्रीबाट राजीनामा दिइसक्नुभएको छ । अब नवनिर्वाचित सांसदको शपथग्रहण हुनेछ र संसदबाट सरकार गठनको प्रक्रिया पनि शुरु हुनेछ ।

सत्तागठबन्धनको बैठकले भोलि एनडीएसम्बद्ध सांसद्को बैठक बोलाउने सहमति गरेको छ । त्यसपछि सरकार गठनका लागि राष्ट्रपतिसँग दाबी प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्