Logo

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस



काठमाडौँ, २८ जेठ । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो ।

काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरेको बताउनुुयो ।

यसअघि समेत पत्राचार भएपनि आयोगले रोकेको बताउँदै उहाले अहिले भने सर्वोच्चको परमादेशमै सम्बन्धन दिनु भनेर कडा आदेश भएकाले सोहीअनुसार आफूहरूले सिफारिस गरेको बताउनुुयो ।

प्रतिक्रिया दिनुहोस्