Logo

मलावीका उपराष्ट्रपति सवार विमान बेपत्ता



काठमाडौँ, २९ जेठ । पूर्वी अफ्रिकी राष्ट्र मलावीका उप–राष्ट्रपति साउलोस चिलिमा र अरु ९ जना चढेका विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर गएर सम्पर्कविहिन भएको बीबीसीले जनाएको छ ।

यो विमान एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान १० बजे अवतरण गर्नुपर्ने थियो । डिफेन्स फोर्सका कमान्डरले घटनाको बारेमा जानकारी दिएपछि राष्ट्रपति लाजरस चकवेराले पूर्व निर्धारित आफ्नो उडान रद्द गरेर हराएको विमान खोजी र उद्धार कार्यको आदेश दिनुभएको छ । मलावीका सूचना मन्त्री मोसेस कुन्कुयुले विमान खोज्ने प्रयास जारी रहेको बताउनु भएको खबरमा उल्लेख छ ।

उप–राष्ट्रपति साउलोस तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्