Logo

वर्षा रोकियो, मैदानको अवस्था निरीक्षण गरीदैं



काठमाडौँ, ३० जेठ । आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल हुने मैदानमा वर्षा रोकिएको छ ।

अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा अहिले वर्षा रोकिएको हो।

सवा ५ बजेबाट खेल सुरु हुनुपर्नेमा वर्षाका कारण हालसम्म टससमेत हुन सकेको थिएन । अहिले वर्षा रोकिएसँगै मैदानमा निरिक्षणको गरीदै छ । फेरि वर्षा नभएमा ओभर छोट्याएर खेल हुन सक्नेछ ।

वर्षाका कारण टससमेत हुन सकेको छैन । नेपाल र श्रीलंकाबिच खेल हुने दिन बुधबार फ्लोरिडाको मौसम खासै राम्रो रहने छैन ।

यो स्टेडियममा मंगलबार हुने भनिएको अभ्यास सत्र पनि वर्षाका कारण प्रभावित भएको थियो । बुधबार पनि मेघ गर्जनसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

खेल हुनका लागि कट अफ टाइम नेपाली समयअनुसार बिहान ८ः२६ रहेको छ । त्यतिन्जेलमा खेल सुरू हुन नसकेमा खेल रद्द हुनेछ र दुवै टीमले अंक बाँड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्