Logo

पोखरा विमानस्थल निर्माणको छानबिन गर्न राजेन्द्र लिङदेनको संयोजकत्वमा उपसमिति गठन



काठमाडौं, १३ असार । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानबिन गर्न संसदीय उपसमिति गठन गरेको छ ।

समितिले पोखरा विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंका गर्दै विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरेको छ ।

उपसमिति सदस्यमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल छन् ।

विमानस्थल आयोजना २०७८ मा सम्पन्न गर्ने २२ अर्ब लागतमा २०७४ मा सम्झौता भएको थियो । लेखा समितिले उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्