Logo

दोस्रो खेलमा ब्राजिलको सानदार जित, पाराग्वे ४-१ ले स्तब्ध



काठमाडौँ, १५ असार । ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पाराग्वेमाथि फराकिलो जित हासिल गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने साभियो र लुकास पाक्वेटाले एक एक गोल गरेका थिए । पाराग्वेका लागि ओमार अलडेरेटले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८१औं मिनेटमा आन्द्रेज कुबासले रातो कार्ड पाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । यो जितपछि ब्राजिलको २ खेलमा ४ अंक भएको छ र समूह डी मा दोस्रो स्थानमा छ । पाराग्वे भने लगातार दोस्रो हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ब्राजिलले समूह चरणको अन्तिम खेलमा जुलाई ३ मा कोलोम्बियाको सामना गर्ने छ । सोही दिन पाराग्वेले कोस्टा रिकाको सामना गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्