झापा , २४ साउन । झापाको अर्जुनधारा ११ बसपार्कमा अवस्थित कामक्षा पीठ नवदुर्गा भवानी मन्दिमा शिव स्वरुप लिङ्ग महापुराण शुरु भएको छ । शिव स्वरुप लिङ्ग महापुराणको समुदघाटन प्रमुख अतिथि प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राना मगरले बुधवार पानसमा दियो बाली गनुभएको हो ।
श्री कामक्षा पीठ नव दुर्गा भवानी मन्दिरको प्राङ्गणमा भारतको गुहाटी आसामबाट अग्नि कुण्डबाट ननिभाइ दियो ल्याइ २०७४ सालमा स्थापना गरिएको र निरन्तर बाली राखिएको र दीर्घकालिन रूपमा बाली राख्न र मन्दिर जिणोद्वार गरि दैनिक पाठ पुजा संचालन गर्नका लागी अक्षयकोष स्थापनार्थ नौमती बाजा सहित कलश सोभा यात्रा श्री शिव स्वरुप लिङ्ग महापुराणको आयोजना गरिएको अध्यक्ष माधव प्रसाद चम्लागाइले बताउनु भयो ।
अहिलेसम्म सुन्न नपाएको शिव स्वरुप लिङ्ग पुराण प्रमुख कथा बाचक प्रखरवक्ता युवा पण्डित श्री घनश्याम काफ्ले र अमृतमय कथा बाचन युवा पण्डित श्री कमल काफ्लेबाट पाठ परायण र बिशिस्ट कलाकारहरुबाट भजन कृतन र झाकी प्रदर्शन रहने र सहयोगी भक्तजनहरुलाइ सादर निमन्त्रणा समेत गर्दै त्यही श्रावण २३ देखि २८ गते सम्म सन्चालन रहने कोषाध्यक्ष गङ्गा प्रसाद मैनालीले बताउनु भयो ।
कार्यक्रममा सबैले धार्मिक सहिष्णुता र सद्भाव राख्दै बिकास र समृद्धि गर्न एकता साथ लाग्न कामक्षा भगवती माताको आशिर्वाद प्राप्त रहोस् भन्दै पुराण सफलताको लागि प्रमुख अतिथि प्रतिनिधि सभाकी उप सभामुख माननीय इन्दिरा राना मगर,बिशिस्ट अतिथि अर्जुनधार नगर प्रमुख बलदेव गोम्देन, जलेश्वर धामका प्रमुख अग्नि सिग्देल, वडा अध्यक्ष खगेन्द्र इङ्गनाम, जुनकीरी आधारभूत बिद्यालयका अध्यक्ष जगत बहादुर मगर, रास्पाका उमेश खरेल, समाजसेवी ओम बिमली लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
समितिका सल्लाहकार हरि नारायण भट्टराईले पुराणको औचित्य तथा स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचीव हरि भण्डारीले गर्नुभएको थियो ।