Logo

गौहत्यामा संलग्नलाई कडा कार्वाही गर्न राप्रपाको माग



झापा, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले कन्काई नगरपालिका–३ टप्पुमा भएको गौहत्यामा संलग्नलाई कडा कार्वाही गर्न माग गरेको छ ।

राप्रपा झापाले आज एक विज्ञप्ति जारी गर्दै गौहत्या घृणित र संविधानबिरोधी हर्कत भएकाले संलग्न सबैलाई तुरुन्तै पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको हो

‘आपराधिक कार्यले मुलुकको धार्मिक सहिष्णुतालाई खलल पुग्ने मात्र होइन, गौमाताप्रति आघात बिश्वास राख्ने आम जनमानसमाथि खुल्ला चुनौती दिएको छ र सिंगो समाजलाई नै मुठभेडको स्थिति निम्त्याएको छ’विज्ञप्तिमा भनिएको छ ।

गौहत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले विज्ञप्ति मार्फत त्यस्तो हर्कत गर्ने जोकोहीलाई निरुत्साहित गर्न सम्बन्धित निकायसंग मागसमेत गर्नुभएको छ ।

धर्मगुरुसहितको शान्तिपूर्ण प्रदर्शनमा सुरुंगामा हिजो साँझ प्रहरी प्रशासनबाट दमन भएको भन्दै घोर निन्दा र भर्त्सना गरिएको छ । स्थानीय लीला संग्रौलाको घरमा डेरा लिएर ज्याला मजदुरी गर्ने व्यक्तिहरुले कन्काई –३ स्थित टप्पु बस्ने पूर्णप्रसाद फुयाँलको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते लैनो गाई चोरी गरी काटेका थिए ।

प्रहरीले गाई काटेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा बाह्रदशी –४ का ४० वर्षीय बुदना आलम, दिलवर हुसैन, कुरेसा खातुन, मोहिदा खातुन र रोशी खातुनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्