Logo

सेमिफाइनलमा जुनकीरी



झापा, १८ माघ । दोस्रो स्वर्गीय कृष्णप्रसाद डागी स्मृति फुटबल प्रतियोगिता भानु आधारभुत बिद्यालयलाइ हराउदै जुनकीरी आधारभुत बिद्यालय सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा महारानीगन्ज माध्यमिक बिद्यालय अर्जुनधारा ११ लाइ ट्राइबेकरमा ३ को विरुद्ध ४ गोल गर्दै भानु आधारभूत बिद्यालय अर्जुनधाराले बिजय हात पारेको छ । आजै भएको दोस्रो खेलमा भानु आधारभूत बिद्यालय अर्जुनधारालाई १ को विरुद्ध ३ गोल गर्दैजुनकीरी आधारभुत बिद्यालय अर्जुनधारा ११ले बिजय हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सो खेलमा म्यान अफ दि म्याच जुनकीरी आधारभुत बिद्यालयका रोशन हास्ता नगदसहित उपाधी प्राप्त गरेका थिए । हास्दाले दुई खेलमा ७ गोल गरेका थिए ।

अर्जुनधारा नगरपालिकामा रहेको ११ ओटा सामुदायिक बिद्यालय अन्तर्गत आधारभूत तह १-८ का छात्रहरु सहभागी हुने प्रतियोगिता माघ १७ देखी सुरु भइ माघ २५ गते फाइनल खेल हुने आयोजक महारानीगन्ज मा बिका प्रधानाध्यापक मनबहादुर लिम्बुले बताउनु भयो ।

गत बर्ष देखि आफ्ना स्वर्गीय बुबा कृष्ण प्रसाद डागीको स्मृतिमा अमेरिकामा रहदै आएका छोरा अरुणकुमार र यही नगरमा रहनु हुने भक्तकुमार डागीले बालबालिकाहरुको खेल प्रती चाहाना र प्रेरणाका लागि खेलाउदै आएको डागिले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुने बिद्यालयले बीस हजार र उप बिजेताले दस हजार नगदसहित ट्रफी सिल प्राप्त गर्ने कार्यक्रम संयोगक एवम् राष्ट्रिय रेफ्री ,प्रशिक्षक प्रदिप बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्