झापा २१ माघ । पूर्व पशिचम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका वडा न. १ जुकेकल्भर्टमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सुरुङगाबाट बिर्तामोडतर्फ आउँदैं गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई जुकेकल्भर्टस्थित डाईभर्सनमा ठोक्किन गई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा गाउँपालिका वडा न.६ शरणामती बस्ने ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको हो ।
टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा अस्पताल पु¥याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।