Logo

प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै



काठमाडौँ, २७ फागुन । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज अपरान्ह १ बजे बस्ने बैठकमा महासन्धिमाथि छलफल हुने तथा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पन्न भएको आमसञ्चार परिषद विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै आजको बैठकमा बनमन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रीयल प्रोटोकल किंगाली संशोधनमाथि सदनमा छलफल गर्ने र अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी आजको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने समेत कार्यसूची रहेको छ।

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संसदमै रहेका दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लगायतका विभिन्न संघरसंस्थाहरुले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा आइतबार गरेको भव्य स्वागतपछि राजनीतिक बृत्त तरङ्गित भएको बेला प्रचण्डले संसदमा सम्बोधन गर्न लाग्नुभएको हो।

राजावादीहरुको गतिविधि बढेको भन्दै माओवादी केन्द्रले गरिरहेको तराई मधेश स्थगित गरेर प्रचण्ड शनिबार नै काठमाडौँ आउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्