झापा, १ चैत्र । बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि अर्जुनधारा नगरपालिका–११ मा वडा स्तरीय वालमैत्री शासन अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ ।
अर्जुनधारा नगर अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आर्थिक बर्ष २०८२/०८३ असार मसान्तसम्ममा बालमैत्री नगर निर्माण र घोषणाका लागि पहिलो पटक वडा न १० र ११ बाट जनप्रतिनिधि, बिद्यालयमा रहेका बाल क्लवका विद्यार्थीहरु, प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, सुरक्षा समयन्त्र, स्वास्थ्यकर्मी, टोल बिकास सस्थाका अध्यक्ष एवम् सरोकारवालाहरुको सहभागीतामा बालमैत्री स्थानीय शासनयुक्त नगर निर्माण अभिमुखि कार्यक्रम गरिएको हो ।
बालमैत्री नगर हुन पूरा गर्नुपर्ने ५१ वटा सुचक र जसमा बाल बचाउ (स्वास्थ्य क्षेत्र १४ वटा सुचक), बाल संरक्षण (सुरक्षा क्षेत्र १० वटा सुचक), बाल बिकास ( शिक्षा क्षेत्र ६ वटा सुचक), बाल सहभागी (स्थानीय समयन्त्र ६ वटा सुचक) सस्थागत बिकास (१७ वटा सुचक) पाँच वटा कस्टरमा रहि स्थानीय तह, टोल बिकास सस्था, बिद्यालयमा रहेको बाल क्लब र घर घर पुगि बालमैत्री सम्बन्धि बालबालिका र अभिभावक सम्म सचेतता र बालबालिकामाथि कुनै प्रकारको दुव्र्यवहार, हिंसा मुक्त नगर निर्माणका लागि यहाँ उल्लेखित जनप्रतिनिधि देखि बाल क्लब, स्थानीय संघ सस्था, बिद्यालय बालगृह सबैको पुर्ण रुपमा सहभागी रहनु पर्ने भन्दै सहजकर्ता राष्ट्रिय बाल अधिकार परिषद कोशी प्रदेशका समन्वय अधिकारी सुमन अधिकारीले सहजीकरण गरेका थिए ।
बालमैत्री स्थानीय तह घोषणा पश्चात प्रदेश सरकार संघिय सरकारबाट घोषणा पत्रसहित सम्मान प्राप्त हुने, स्थानीय तहको स्वमुल्याकन नतिजामा २ अक प्राप्त हुने, बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागीतामा गुणात्मक सुधार ल्याउन र समग्र बिकासमा योगदान हुने हुँदा सबै जुटनका लागि अभिमुखीकरण कार्यक्रमका अध्यक्ष खगेन्द्र इङ्गनामले आव्हान गरेका छन् । सहभागी तर्फबाट नेपाली काङ्ग्रेस वडाध्यक्ष एवम् जुनकीरी आधारभूत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगर, महारानीगन्ज माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइराला, महिला बिकास निरीक्षक सुर्यमाला पन्धाक लगायतले बालमैत्री वडा एवम् नगर निर्माणका लागि आफू लगायत सरोकारवाला सम्पूर्णमा साथ लिएर जाने प्रतिबद्धता जनाएका छन् ।
बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाका लागि वडा ११ को प्रतिबद्धता पत्रमा उपस्थित सम्पूर्णले हस्ताक्षर गरिएको थियो । कार्यक्रममा स्वागत वडा सदस्य पुर्णबहादुर राइले गरेका थिए भने सहजीकरण सचिव सुशिला मिश्रले गरेकी थिइन् ।