झापा, ७ चैत । झापाको हल्दीबारी गाउँपालिकाको १८औँ गाउँ सभा आज सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको सभामा सम्पूर्ण गाउँ सभा सदस्यहरु (जनप्रतिनिधिहरु) र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सभाको आचारसंहिता बारे प्रमुख प्रशासकिय अधिकृत एवं सदस्य सचिव मानबहादुर वन महेन्द्रले प्रष्ट पार्नुभएको थियो भने वडा ३का वडा अध्यक्ष विष्णु ओलीले शुभकामना राख्नुभएको थियो।
आजको सभामा विनियोजन ऐन २०८१ को पहिलो संसोधन उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले तथा विधयेकहरू र विविध निर्णयहरू गाउँपालिका प्रवक्ता एवं वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापाले पेश गर्नुभएको थियो।
सभाले उत्कृष्ट कृषक कार्यविधि , गाउँर नगर प्रहरी व्यवस्थापन तथा संचालन सम्बन्धी ऐन , शिक्षक सरूवा सम्बन्धी कार्यविधि, हाटबजार संचालन तथा व्यवस्थापन कार्यविधि तथा प्राविधिक तथा सिप विकास सम्बन्धी कार्यविधिहरुको विधयेक सर्वसम्मत अनुमोदन गरेको थियो।