Logo

बिर्तामोडको सहकारी पसलबाट दिनदहाडै चोरी गर्ने युवक पक्राउ



झापा, १२ चैत । झापाको बिर्तामोड-४ स्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको सहकारी पसलबाट दिनदहाडै चोरी गर्ने युवक पक्राउ परेका छन् । प

क्राउ पर्नेमा शिवसताक्षी ७ झिलझिले बस्ने २४ वर्षीय विवेक मगर रहेका छन् । उनले गत चैत २ गते बिहान ९:५४ बजे सहकारी पसलबाट १३ हजार ८०० रुपैयाँ चोरी गरेका थिए ।

सहकारी पसलको सटर बन्द गरेर सञ्चालकहरूले बैठक गरिरहेको मौकामा मगरले चुकुल खोलेर चोरी गरेका थिए ।

चोरी गर्दै गरेको सिसिटिभी फुटेज भाइरल भएको थियो । त्यसकै आधारमा पहिचान गरी प्रहरीले मगरलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्