Logo

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्



काठमाडौं, १७ भाद्र । आज २०८३ साल भदौ १७ गते बुधबार अर्थात् सन् २०२६ सेप्टेम्बर २ तारिख। भदौ कृष्ण पक्षको षष्ठी तिथि परेको आजको दिन हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्वको दिन मानिन्छ।

हिन्दू धर्मशास्त्रअनुसार हप्ताका प्रत्येक बार कुनै न कुनै देवी–देवतासँग सम्बन्धित मानिन्छन्। बुधबारलाई ‘बुध’ ग्रहका लागि समर्पित बारका रूपमा लिइन्छ। यस दिन विशेषगरी भगवान कृष्ण र गणेशको पूजा आराधना गर्ने धार्मिक मान्यता छ।

धार्मिक विश्वासअनुसार बुधबार नयाँ कामको सुरुवातका लागि शुभ मानिन्छ। साथै यस दिन व्रत तथा पूजा आराधना गर्दा मनोकामना पूरा हुने विश्वाससमेत रहिआएको छ।

बुधबार गरिने धार्मिक कार्य

गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा प्राप्त हुने विश्वास।
मुंगको दाल दान गर्दा कष्ट निवारण हुने धार्मिक मान्यता।
भगवान गणेशलाई सिन्दुर चढाउँदा मनोकामना पूरा हुने विश्वास।
कुण्डलीमा बुध ग्रहको दोष भएकाहरूले बुधबार गणेशलाई लड्डु चढाउँदा लाभ मिल्ने धार्मिक मान्यता।

प्रतिक्रिया दिनुहोस्