Logo

‘बलात्कार हुनेबित्तिकै चिच्याउनुपर्छ’ भनेपछि रमेश उप्रेती विवादमा



काठमाडौँ, २२ वैशाख । एक अन्तर्वार्तामा बलात्कारको विषयलाई लिएर टिप्पणी गरेपछि अभिनेता रमेश उप्रेती विवादमा तानिएका छन् ।

मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कार हुने बित्तिकै चिच्याउनुपर्ने र कराउनुपर्ने आशयको टिप्पणी गरेका थिए । उप्रेतीको यस्तो अभिव्यक्तिलाई लिएर केही अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् ।

उप्रेतीले भनेका थिए, ‘पहिलो कुरा त बलात्कार हुने बित्तिकै तत्काल या त कराउनुपर्‍यो, चिच्याउनुपर्‍यो वा भोलिपल्टै पुलिसमा गएर उजुरी दिनुपर्‍यो ।’ पल शाह प्रकरणलाई लिएर उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् ।

उक्त अन्तवार्तामा उप्रेतीले पल शाह पीडक नभएको दाबी गरेका छन् । अदालतमा मुद्दा विचाराधीन भइरहेको बेला अभिनेता उप्रेतीको यस्तो विवादित बयान आएको हो ।

उप्रेतीको यस्तो बयानलाई लिएर अभिनेत्रीद्वय बेनिशा हमाल र स्वस्तिमा खड्काले भने आपत्ति जनाएका छन् । भिडियो क्लिप इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै उनीहरुले बलात्कार सम्बन्धी यस्तो सोच गलत रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्