Logo

नाडाललाई फ्रेन्च ओपन टेनिसको उपाधि



फ्रान्स, २३ जेठ । स्पेनिस टेनिस स्टार राफेल नाडालले करिअरको २२ औँ ग्रान्डस्लाम जितेका छन् ।

आइतबार राति सम्पन्न पुरुष एकलको फाइनलमा नाडालले नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा पाखा लगाए । नाडालले ६-३, ६-३ र ६-० को सहज सेटमा जित निकालेका हुन् ।

योसँगै उनी १४ पटक फ्रेन्च ओपन जित्न सफल रहे । ३६ वर्षीय नाडाल सर्वाधिक पाको उमेरमा फ्रेन्च ओपन च्याम्पियन समेत बनेका छन् । फाइनलमा नाडालसँग पराजित भएका रुड उनका चेला हुन् । उनी २०१८ देखि नाडालको एकेडेमीमा अभ्यासरत छन् ।

प्रतिक्रिया दिनुहोस्