Logo

क्रोएसियासँग बराबरीमा रोकियो फ्रान्स



फ्रान्स, २४ जेठ । फ्रान्स यूईएफए नेसन्स लीगको दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।

समूह जी अन्तर्गत फ्रान्सले क्रोएसियासँग १-१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको ५२ औं मिनेटमा फ्रान्सका एड्रिएन राबिओटले शुरूवाती गोल गरेका थिए ।

त्यसपछि ८३औं मिनेटमा क्रोएसियाका एन्डरेज रामारिकले गोल गर्दै खेल बराबरी गरेका थिए । बराबरीपछि तेस्रो स्थानको फ्रान्सले दुई खेलबाट १ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्