Logo

नेपाल जोर्डनसँग पराजित



कुवेत, २६ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २-० ले पराजित भएको हो ।

खेलको पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो हाफमा जोर्डनले दुई गोल गर्यो । खेलको ६८ औँ मिनेटमा जोर्डनका लागि अली अल्वानले गोल गरे ।

यस्तै ८२ औँ मिनेटमा नेपालका सुमन अर्यालले डिबक्समा फल गरेपछि पाएको अवसरमा जोर्डनका हम्जा अल दरदुरले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्