Logo

पालिका चुनावका कारण समयमै पुस्तक छाप्न सकिएन: पौडेल



काठमाडौँ, ३१ जेठ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पालिका चुनावका कारण समयमै पुस्तक छाप्न नसकेको दाबी गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले वैशाख ३० मा सम्पन्न पालिका चुनावका लागि जनक शिक्षाका कर्मचारीले पनि काम गर्न परेको हुँदा पुस्तक छपाइमा ढिलाइ भएको हो ।

कोभिड-१९ र रुस-युक्रेन युद्धका कारण पनि समयमै पुस्तक छाप्न नसकेको उनको भनाइ छ । उनले भने, कोभिड-१९ का कारणबाट शैक्षिक सत्र २०७८ मा विद्यालय लामो समय बन्द रहेका र विद्यार्थीको पढाइमा पुगेको क्षति कम गरी त्यस सत्रमा हुनुपर्ने पढाइलाई पूरा गर्न शैक्षिक सत्र २०७९ असार पहिलो हप्ताबाट हुने भनिएको थियो । तर त्यहीअनुसार छपाइका पूर्वतयारी नहुँदा सरकारले जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गर्दा एक महिनाअघि शैक्षिक सत्र सुरु भएको छ ।

यसै अवस्थामा रुस-युक्रेन युद्धका कारण कागज आपूर्तिमा समेत प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गएको हो । साथै वैशाख ३० मा सम्पन्न पालिका चुनावका लागि समेत जनक शिक्षाले काम गर्न परेको हुँदा तोकिएको समयमा पाठ्यपुस्तक छपाइमा ढिलाइ हुन गएको हो ।

प्रतिक्रिया दिनुहोस्