Logo

ओमानमाथि नेपालको शानदार जित



अमेरिका, १ असार । नेपालले आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा ओमानलाई ७ विकेटले हराएको छ ।

अमेरिका भ्रमणमा रहेको नेपालको यो पहिलो जित हो । ओमानसँगको खेलमा जितका लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ३३ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

नेपालको जितमा आसिफ शेखले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल भुर्तेलले ५६ रन जोडे । त्यसअघि ह्युस्टनमा रहेको मुसा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ओमान ४६ ओभर ५ बलमा १ सय ६३ रनमा अल आउट भयो ।

ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक ५२ रन बनाए । नेपालका करण केसीले ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्