Logo

बलुचिस्तानमा २४ बालबालिकासहित ६२ जनाको मृत्यु



इस्लामाबाद, २८ असार । बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले बोलान, क्वेटा, झोब, डक्की, खुजदार, कोहलु, केच, मस्तुङ, हर्नाई, किला सैफुल्लाह र सिबीमा सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

भारी वर्षाका कारण प्रान्तका विभिन्न भाागमा भएका दुर्घटनामा ४८ जना घाइते भएका तथा छ सय ७० भन्दा बढी घर भत्किएका प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्