Logo

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ, २२ साउन । पछिल्लो २४ घण्टामा देशभर थप पाँच सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ४० जनाले पिसीआर र एक हजार सात सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टाको अवधिमा चार सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७२ हजार चार सय ९७ पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ५९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्